
काठमाडौं । यातायात व्यवस्था विभागले राजधानीको रत्नपार्कदेखि नयाँ वसपार्कसम्मको रुट इजाजत खारेज गरेर दिगो सार्वजनिक यातायात सेवा प्राइभेट लिमिटेडलाई अनुमति दिएको छ ।
शनिबारदेखि सो रुटमा दिगो यातायातका सबारीसाधन मात्र सञ्चालन हुने भएका छन् । सो क्षेत्रमा चल्दै आएका २६ वटा माइक्रोबसको इजाजत रद्ध गरेको विभागका सुचना अधिकृत तुलसीराम अर्यालले बताए ।
राजधानीमा सबैभन्दा बढी सवारी चल्ने सो रुटमा शुक्रबार सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी नचाएपछि विभागले पहिलो चरणमा यो सडकको रुट इजाजत निलम्बन गरेको हो । विभागमा दर्ता भएका सवारीसाधनले मात्र शनिबारदेखि सञ्चालन हुन पाउनेछन् । नयाँ बसपार्कमा अबदेखि कम्पनीको मात्र टिकट बिक्रीकाउन्टर रहने भएको छ । समितिका काउण्टर खारेज गरिएको विभागले जनाएको छ ।