काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागीर खाने ६ जना कर्मचारी विरुद्ध अख्तियारले कारबाहि प्रक्रिया अघि बढाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग‚ टङ्गालमा शैक्षिक योग्यता सम्बन्धी परेको उजुरीमा अनुसन्धान हुँदा विभिन्न सरकारी कार्यालय‚ संस्थान र शैक्षिक निकायमा कार्यरत कर्मचारीहरुले नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो ।
भारतका विभिन्न बोर्डबाट जारी नै नभएका शैक्षिक योग्यताको प्रमाणपत्रहरु झुठा बनाइ अनुचित लाभ लिने उद्देश्यले नियुक्ति र बढुवाको लागि पेश गरेको तथ्य प्रमाणित हुन आएपछि ६ जना विरुद्ध कारबाहि प्रक्रिया अघि बढेको हो ।
६ जना विरुद्ध नै विशेष अदालत‚ काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
यस्ताे छ नक्कली शैक्षिक प्रमाणपत्र बुझाउने कर्मचारीको विवरण
