काठमाडौं प्रहरी प्रमुख विश्वराज पाेखरेल भन्छन्-सिण्डीकेटधारीलाई पक्रन प्रहरी परिचालन भैसक्यो

<p>काठमाडौं । सिन्डिकेटको माग गर्दै आन्दोलनमा गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधीकारीलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । गृहमन्त्री राम बहादुर थापाले आन्दोलनकारीलाई पक्रेर जेल हाल्न निर्देशन दिएपछि व्यवसायी पक्रन प्रहरी परिचालन गरिएको हो । काठमाडौंमा रहेका व्यवसायीलाई पक्रन प्रहरी परिचालन भैसकेको प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । उपत्यका बाहिरका व्यवसायीहरु धमाधम [&hellip;]</p>

काठमाडौं । सिन्डिकेटको माग गर्दै आन्दोलनमा गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधीकारीलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ ।

गृहमन्त्री राम बहादुर थापाले आन्दोलनकारीलाई पक्रेर जेल हाल्न निर्देशन दिएपछि व्यवसायी पक्रन प्रहरी परिचालन गरिएको हो ।

काठमाडौंमा रहेका व्यवसायीलाई पक्रन प्रहरी परिचालन भैसकेको प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

उपत्यका बाहिरका व्यवसायीहरु धमाधम पक्राउ पर्न थालेपछि काठमाडौंमा पनि व्यवसायीको खोजी सुरु भएको हो ।

 

Share News