मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले बैंशाख ३० गतेदेखि एकिकृत कारोबार गर्दे, चुक्तापुँजी ९४७ करोड

<p>काठमाडौं । मेगा बैंक र टुरिजम डेभलमेन्ट बैंकले बैंशाख ३० गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुबै बैंक एकआपसमा गाभिएर मेगा बैंक नेपाल लिमिटेडको नामबाट बैशाख ३० गते आइतबारदेखि एकिृकत कारोबार गर्ने भएका हुन् । दुबै बैंकको साधारणसभाले गत पुसमा एकआपसमा गाभिने प्रस्ताव पारित गरेपछि मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको [&hellip;]</p>

काठमाडौं । मेगा बैंक र टुरिजम डेभलमेन्ट बैंकले बैंशाख ३० गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुबै बैंक एकआपसमा गाभिएर मेगा बैंक नेपाल लिमिटेडको नामबाट बैशाख ३० गते आइतबारदेखि एकिृकत कारोबार गर्ने भएका हुन् ।

दुबै बैंकको साधारणसभाले गत पुसमा एकआपसमा गाभिने प्रस्ताव पारित गरेपछि मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् ।

टुरिजमसँगको मर्जर प्रक्रियापछि मेगा बैंकको बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने छ । मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ ।

Share News