काठमाडौं । पछिल्लो समय उद्योगी तथा व्यवसायीहरुले मुलकमा चन्दा आतंक बढीरहेको बताएका छन् । सोही समस्यालाई मध्यनजर व्यवसायिक शान्ति सुरक्षामा नेपाल प्रहरीको नयाँं सुरक्षा रणनीति विषयक बिहीबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सले गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यापारीमाथि हुने अनावश्क दवाब, दुरव्यवहार एवं चन्दा आतंकको अन्त गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसको लागि सुरक्षाकर्मीलाई उद्योगी व्यापारीहरुले पनि सत्य तथ्य जानकारी दिनुपर्ने बताए । गुण्डागर्दी, उद्योग व्यापारीलाई हतोत्साहित गर्ने जोसुकैलाई कानून बमोजिम कारबाही गर्ने उनको भनाइ छ । आफूले निष्पक्षतापूर्वक सवैलाई सेवा दिने जानकारी दिए ।
राम्रो व्यवसायी र नागरिकका लागि मैत्रीपूर्ण व्यवहार गर्ने भन्दै अपराध गर्ने व्यक्ति जुनसुकै नाम, भेषमा आए पनि प्रहरीले नछोड्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले निर्धक्कका साथ व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरिदिन सम्पूर्ण व्यापारी व्यवसायीहरुकोतर्फबाट अनुरोध गरे । आर्थिक समृद्धिका लागि शान्ति सुरक्षाको प्रत्याभुति पहिलो आधार भएको भन्दै उनले शान्ति सुरक्षा विना आर्थिक समृद्धि सम्भब नहुने बताए ।
कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य एवं पूर्व नेपाल प्रहरीका एआईजी नवराज ढकालले शान्ति सुरक्षा कायम गर्नका लागि विना वर्दीका प्रहरी (नागरिक) को भूमिका महत्वपूर्ण हुने चर्चा गरे ।