बर्जर रंग म्याजिकल योजना अन्तर्गत न्यौपानेले जिते रेनो क्विड कार

<p>काठमाडौं । बर्जर पेन्ट्सले आफ्नो सफल योजना बर्जर रंग म्याजिकल योजनाका विजेताहरुको घोषणा गरेको छ । सो कार्यक्रममा योजना प्रबद्र्धक अनुपविक्रम शाहीले योजनामा सहभागी करिब ४४०० घरधनीहरुमध्येबाट २० जना भाग्यशाली विजेताहरुको नाम लक्की ड्र मार्फत निकालेका थिए । विजेताहरुमध्ये विराटनगर (पूर्वाञ्चल)का रामप्रसाद न्यौपानेले रेनो क्विड कार बम्पर उपहार स्वरुप जितेका छन् भने काठमाण्डौंका रामकुमार श्रेष्ठ र [&hellip;]</p>

काठमाडौं । बर्जर पेन्ट्सले आफ्नो सफल योजना बर्जर रंग म्याजिकल योजनाका विजेताहरुको घोषणा गरेको छ । सो कार्यक्रममा योजना प्रबद्र्धक अनुपविक्रम शाहीले योजनामा सहभागी करिब ४४०० घरधनीहरुमध्येबाट २० जना भाग्यशाली विजेताहरुको नाम लक्की ड्र मार्फत निकालेका थिए ।

विजेताहरुमध्ये विराटनगर (पूर्वाञ्चल)का रामप्रसाद न्यौपानेले रेनो क्विड कार बम्पर उपहार स्वरुप जितेका छन् भने काठमाण्डौंका रामकुमार श्रेष्ठ र सृजना योगीले प्रथम पुरस्कार स्वरुप प्रत्येकले १–१ लाख रुपैयाँ जितेका छन् ।

यसैगरी, पूर्वाञ्चलकी लक्ष्मी बोहरा, र पश्चिमाञ्चलका निरक ओली र राजेन्द्रप्रसाद पन्तले दोस्रो पुरस्कार स्वरुप ५०-५० हजार रुपैयाँ नगद उपहार जितेका छन् ।

पूर्वाञ्चलका पुष्पलाल अधिकारी, मध्यमाञ्चलका झविलाल गैरे र शम्भु शाह, र काठमाडौंकी इश्वरी श्रेष्ठले तेस्रो पुरस्कार स्वरुप जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जिते भने १० जना विजेताले सान्त्वना पुरस्कार स्वरुप १०-१० हजार रुपैयाँ जितेका छन् ।

साथै, क्षेत्रगत रुपमा प्रथम हुनेले १ लाख र द्वितीय हुनेले ५० हजार तृतीय हुनेले २५ हजार र सान्त्वना स्वरुप १० हजार रुपैयाँ गरि ६ क्षेत्रका ६० उत्कृष्ट घरधनीहरुले उपहार स्वरुप नगद पुरस्कार जितेका छन् । शहरोन्मुख शहरका उत्कृष्ट २० घरधनीहरुले २०-२० हजार रुपैयाँ जितेका छन् ।

विजेताहरुले आफ्नो उपहार दावी गर्नका लागि बर्जर पेन्ट्स नेपालको नजिकको बिक्रि शाखामा सम्पर्क गर्नुपर्नेछ ।

Share News