सरकारले राजा महेन्द्रको पालामा स्थापना भएका जिर्ण कृषि कार्यक्रम पुनःसञ्चालन गर्ने

<p>काठमाडौं । सरकारले राजा मेहेन्द्रको पालामा स्थापना भएका कृषि विकासका कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले राजा महेन्द्रको पालामा स्थापना भएका कृषिका कार्यक्रमहरु पुनः सञ्चालन गर्ने बताए । उनले बिहीबार मन्त्रालयमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा राजा महेन्द्र विर विक्रम शाहाको पालमा सञ्चालन भएको कृषि कार्यक्रम पुनःसञ्चालन गर्ने [&hellip;]</p>

काठमाडौं । सरकारले राजा मेहेन्द्रको पालामा स्थापना भएका कृषि विकासका कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले राजा महेन्द्रको पालामा स्थापना भएका कृषिका कार्यक्रमहरु पुनः सञ्चालन गर्ने बताए ।

उनले बिहीबार मन्त्रालयमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा राजा महेन्द्र विर विक्रम शाहाको पालमा सञ्चालन भएको कृषि कार्यक्रम पुनःसञ्चालन गर्ने बताए । ‘महेन्द्रको पालामा कृषि क्षेत्रको राम्रा कन्सेप्टका कार्यक्रमहरु सञ्चालन भएका रहेछन्,’ उनले भने ‘त्यतिखेर सञ्चालन भएका ठुला कृषि फार्मिङहरु बीचमा सञ्चलन हुन नसकेर जिर्ण भएका छन् । त्यसलाई पुनः सञ्चालन गरिनेछ ।’

त्यसको अध्ययनको लागि मन्त्रालयका राज्यमन्त्री राजकुमारी चौधरिको नेतृत्वमा अध्ययन समिति बनेको उनको भनाइ छ । उनको अनुसार उक्त समितिले राजा महिन्द्राको पालादेखि कृषि क्षेत्रमा भएका कार्यक्रमहरुको अध्ययन गर्नेछ ।

त्यस्तै निजी क्षेत्रबाट कृषिमा भएका सकरात्मक पाटोको अध्ययन, प्याक्ट र राज्यको लगानीमा भएका दुरदसाको सम्बन्धमा अध्ययन, अनुगमन गर्ने मन्त्री खनालले जानकारी दिए । उनले ती अध्ययनको क्रममा आवश्यकता अनुसार छानविन कमिटी समेत बनाउने घोषणा गरे ।

Share News