काठमाडौं । बिहीबार हाम्रो विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ७.३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४९.११ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता २२५.५६ रुपैयाँ रहेको थियो ।