प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय धनगढीमा

<p>काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा मुख्य मन्त्री भट्टले प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न [&hellip;]</p>

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मुख्य मन्त्री भट्टले प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बताएका छन् ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा यस इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरेका छन् । ‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौ । गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’ उनले बताए ।

Share News