९ तालको २१७ हेक्टर अतिक्रमित जग्गा फिर्ता गर्ने हानगरकाे ब्रम्हास्त्र, भत्किएला कर्ण शाक्यको घर ?

<p>काठमाडौं । पोखरामा रहेका ९ तालको २१७ हेक्टर जमिन व्यक्तिले अतिक्रमण गरेका छन् । फेवाताल ताल सहित पोखराको ९ तालका २१७ हेक्टर जमिन अतिक्रमणमा परेको हो । अतिक्रमण हुनेमा सबैभन्दा धेरै फेवातालको रहेको छ । फेवातालको झन्डै १ हजार ६९२ रोपनी जमिन ६७३ जनाको नाममा अनियमितता गरी दर्ता भएको छ । अतिक्रमण भएपछि विश्वप्रकाश लामिछानेको [&hellip;]</p>

काठमाडौं । पोखरामा रहेका ९ तालको २१७ हेक्टर जमिन व्यक्तिले अतिक्रमण गरेका छन् । फेवाताल ताल सहित पोखराको ९ तालका २१७ हेक्टर जमिन अतिक्रमणमा परेको हो ।

अतिक्रमण हुनेमा सबैभन्दा धेरै फेवातालको रहेको छ । फेवातालको झन्डै १ हजार ६९२ रोपनी जमिन ६७३ जनाको नाममा अनियमितता गरी दर्ता भएको छ । अतिक्रमण भएपछि विश्वप्रकाश लामिछानेको संयोजकत्वमा प्रतिवेदन तयार गरी विसं २०६९ साल जेठ ३ गते बुझाएको प्रतिवेदनलाई मुद्दा परेको ६ वर्षपछि सर्वोच्च अदालतले प्रतिवेदन कार्यान्वयन गर्न सुनुवाई गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अब जग्गा फिर्ता अभियान छिट्टै सुरु हुने बताए । “महानगर मिचिएको तालको जग्गा फिर्ता लिन सक्षम रहेको सर्वोच्चको आदेशले झनै यो अभियानमा उर्जा थपेको छ, अतिक्रमित जग्गामा बनाइएका सबै भौतिक संरचना भत्काएर ताल संरक्षणको लागि महानगर तयार रहेको छ,” जिसीले विकासन्युजसँग भने ।

हाल अतिक्रमित जमिनमा घर तथा टहरा लगायतका संरचनाहरु निर्माण भएका छन् । यसैगरी अतिक्रमण भैरहेमा ७५ देखि १०० वर्षमा ताल लोप हने प्रतिवेदनमा उल्लेख गरेको छ ।

महानगरका प्रशासकिय अधिकृत दीर्घनारायण पौडेलका अनुसार अब महानगरले यस विषयमा छिट्टै कार्यपालिकाकाे बैठक बसी निर्णय लिनेछ । “सर्वोच्चको सुनुवाइमा अतिक्रमित जमिनमा बनेको हाेटल व्यवसायी कर्ण शाक्यको घर लगायत संरचनालाई समितीको निर्णय अनुसार भत्काउने काम अघि बढ्ने उल्लेख गरिएको छ,” पौडेलले भने महानगरलार्इ  प्राप्त सबै अधिकार  प्रयाेग गरी ९ वटै ताल संरक्षणको लागि महानगरले सबै अस्त्र प्रयोग गर्नेछ ।

सर्वोच्चको पुर्ण पाठमा के कुरा समावेस भएको छ भन्ने कुरा आउन बाँकी रहेको छ । सर्वोच्चको सुनुवाइमा मालपोत, नापी र वातावरण विभागमा गई जाँचबुझ गरी सरकारलाई प्रतिवेदन बुझाउन भनेको छ ।

फेवातालको विसं २०१९ मा निर्मित पार्दी बाँध २०३१ पौष १७ मा फुटी तालका ५० प्रतिशत पानी बगेर गएपछि जमिन बन्न गएको थियो । नक्साको अध्ययन गर्दा जग्गाको कित्ताहरु ६५० मिटरभन्दा लामो रहेको कतिपय कित्ताहरु हाल पनि पानीमुनी रहेको, सामान्य जग्गाको भन्दा नक्शा अप्राकृतिक देखिन गएपछि छानमिन समितीले सर्वोच्चमा मुद्दा दायार गरेको थियो ।

फेवातालसँगै बेगनास ताल, रुपा ताल, मैदी, खास्टे, लगायत अन्य तालहरुको पनि जमिन अतिक्रमण भएको महालेखा परिक्षणले जनाएको छ । पोखरामा रहेका सबै तालहरुको कुल क्षेत्रफल १२७३ हेक्टर रहेको सो मध्ये ९८५ हेक्टर पानीले ओगटेको छ भने ७०.४७ हेक्टर पुरिएको छ ।

२०० रोपनी सार्वजनिक जग्गा फिर्ता

महानगरको विभिन्न स्थानमा रहेको झन्डै २ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा महानगरले फिर्ता गरेको छ । यसअघि विभीन्न घरटहरा भवन रहेको जग्गा खाली गराई महानगरले पार्क, हरियाली क्षेत्र, बालबालिका, जेष्ठ नागरिक मैत्री स्थानको लागि विकास गर्न लागिएको महानगरले जनाएको छ ।

 

Share News