रौतहट-सर्लाही जोड्ने बागमति नदीमाथी सिग्नेचर ब्रिज: राती बत्ति बल्छ, साँझ/बिहान धार्मिक धुन

<p>काठमाडौं । रौतहट र सर्लाही जिल्ला जोड्ने बागमति नदिमा सिग्नेचर ब्रिज(पुल) बन्ने भएको छ । पुर्व पश्चिम राजमार्गस्थित दुई जिल्ला जोड्ने बागमति नदिमा चार लेनको आकर्षक सिग्नेचर ब्रिज बनाउन लागिएको हो । सडक विभागको पुल महाशाखाले सो सिग्नेचर ब्रिजको डिजाइन बनाईरहेको छ । ‘आगामी पाँच बर्षभित्रै रौतहट र सर्लाही जोड्ने महेन्द्र राजमार्गको बागमति नदिमा सिग्नेचर [&hellip;]</p>

काठमाडौं । रौतहट र सर्लाही जिल्ला जोड्ने बागमति नदिमा सिग्नेचर ब्रिज(पुल) बन्ने भएको छ । पुर्व पश्चिम राजमार्गस्थित दुई जिल्ला जोड्ने बागमति नदिमा चार लेनको आकर्षक सिग्नेचर ब्रिज बनाउन लागिएको हो । सडक विभागको पुल महाशाखाले सो सिग्नेचर ब्रिजको डिजाइन बनाईरहेको छ ।

‘आगामी पाँच बर्षभित्रै रौतहट र सर्लाही जोड्ने महेन्द्र राजमार्गको बागमति नदिमा सिग्नेचर ब्रिज निर्माण सम्पन्न हुनेछ, हामी अहिले डिजाइन बनाईरहेका छौं’, महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले भने ।  सिग्नेचर ब्रिजको डिजाइन तथा निर्माणमा सघाउने गरि सडक विभागले विश्व विख्यात चिनियाँ डिजाइनर डिवाई चेनलाई मासिक १८ लाख तिरेर कन्सल्ट्याण्ट नियुक्त गरिसकेको छ । उनले आठ महिनासम्म नेपाल बसेर चार वटा सिग्नेचर ब्रिजको डिजाइन निर्माण गर्ने तथा नेपाली इञ्जिनियरहरुलाई शिप हस्तान्तरण गर्नेछन् ।

सिग्नेचर ब्रिज निर्माण गर्दा हाल निर्माण भैरहेका र सञ्चालनमा रहेका पुलहरुको भन्दा ४० प्रतिशत बढि लगानी आवश्यक पर्नेछ । सिग्नेचर ब्रिज बनाउन प्रति मिटर ३० लाखसम्म लाग्ने प्रक्षेपण गरिएको छ । तर ती पुलहरु पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण हुनेछन् । दुई वटा शहर जोड्ने, मानिसहरुको आवतजावत भैरहने ठाउँमा निर्माण हुने सिग्नेचर ब्रिजले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउनेछ । पुलमा आकर्षक डिजाइन, धर्म संस्कृति र सो क्षेत्रको रहनसहन झल्किनेछ । रातको समयमा आकर्षक बत्ति बल्ने तथा साँझ बिहान धार्मिक धुन बज्ने लगायतका बिषेशता सिग्नेचर ब्रिजमा हुनेछन् । पुलबाट दृष्यावलोकन गर्न सकिनुका साथै आसपासको क्षेत्रमा समेत राम्रो सजावट गरिनेछ ।

रौतहट र सर्लाही जोड्ने सिग्नेचर ब्रिजले पनि सो क्षेत्रको पर्यटन फस्टाउने शाक्यले बताए । रौतहट, सर्लाही, मकवानपुर र सिन्धुली जिल्लाको संगमस्थलका रुपमा रहेको धार्मिक पर्यटकिय क्षेत्र नुनधर सो पुलबाट ५ सय मिटरको दुरीमा रहेको छ । नुनथरको पर्यटन प्रवद्र्धन तथा बागमति नदिको सभ्यतालाई समेत जोडेर निर्माण हुने सिग्नेचर ब्रिजले रौतहट र सर्लाहीको उत्तरी क्षेत्रको विकासमै ठुलो योगदान दिनेछ ।

विश्व बैंकको सहयोग
सिग्नेचर ब्रिज निर्माणका लागि विश्व बैंकले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । विश्व बैंकले काम गरेपछि भुक्तानी दिने नयाँ व्यवस्था अनुसार सिग्नेचर ब्रिज निर्माणका लागि सहयोग गर्न लागेको हो र हाल सो सहयोग सम्बन्धि छलफल अघि बढिरहेको छ ।

Share News