जनसेवी लघुवित्तले संस्थापक सेयरधनीलाई भन्यो : हकप्रद सेयरको रकम जम्मा गर्नुस

<p>काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयरको रकम जम्मा गर्न संस्थापकलाई भनेको छ । संस्थाले निष्कासन गर्न लागेको ४ करोड ९० लाख रुपैयाँ बराबरको ४ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद निष्कासन गर्नुअघि संस्थाले संस्थापकलाई हकप्रद वापतको रकम जम्मा गर्न ३५ दिन समय दिएको छ । संस्थाले [&hellip;]</p>

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयरको रकम जम्मा गर्न संस्थापकलाई भनेको छ ।
संस्थाले निष्कासन गर्न लागेको ४ करोड ९० लाख रुपैयाँ बराबरको ४ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद निष्कासन गर्नुअघि संस्थाले संस्थापकलाई हकप्रद वापतको रकम जम्मा गर्न ३५ दिन समय दिएको छ ।
संस्थाले पर्वतको कुस्मामा रहेका प्रभु बैंक, एनआईसी एसिया बैंक र मेगा बैंकमा हकप्रद वापतको रकम जम्मा गर्न संस्थापक सेयरधनीलाई भनेको हो ।
संस्थाले नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्टार कार्यालयबाट हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । अब धितोपत्र बोर्डबाट मात्र बाँकी छ ।

Share News