काठमाडौं । नागरिक लगानी कोषले सीबीआइएल क्यापिटल लिमिटेडमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कोषले सीबीआइएलमा रहेको ७५ हजार कित्ता संस्थापक सेयर न्युनतम १४२ रुपैयाँमा बिक्री गर्ने भएको हो । संस्थापक सेयर खरिदकर्ताले १५ दिनभित्र विवरण खुलाइ निवेदन दिन सीबीआईएलले जानकारी दिएको छ ।