बीमा कम्पनीको सीर्इओ बन्न स्नातकलाई बाटो खुल्यो, डेपुटी सिर्इओ अनिवार्य

<p>काठमाडौं । स्नातक तह उतिर्णहरुलाई पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) बन्ने बाटो खुल्ला भएको छ । बीमा समितिले संस्थागत सुशासन निर्देशिका संशोधन गर्दै स्नातक तह उतिर्णले पनि कम्पनीको सीर्इओ बन्न पाउने व्यवस्था गरेको हो । संशोधित संस्थागत सुशासन निर्देशिका यसै साता सार्वजनिक हुँदैछ । यस अघि स्नातकोत्तर उतिर्णहरुले मात्रै कम्पनीको सीर्इओ बन्न पाउने [&hellip;]</p>

काठमाडौं । स्नातक तह उतिर्णहरुलाई पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) बन्ने बाटो खुल्ला भएको छ ।
बीमा समितिले संस्थागत सुशासन निर्देशिका संशोधन गर्दै स्नातक तह उतिर्णले पनि कम्पनीको सीर्इओ बन्न पाउने व्यवस्था गरेको हो । संशोधित संस्थागत सुशासन निर्देशिका यसै साता सार्वजनिक हुँदैछ । यस अघि स्नातकोत्तर उतिर्णहरुले मात्रै कम्पनीको सीर्इओ बन्न पाउने व्यवस्था थियो । ‘स्नातक उतिर्णले पनि कम्पनीको सीइओ बन्न पाउने व्यवस्था अघि सारेका छौं, यसै साता संसोधित संस्थागत सुशासन निर्देशिका कार्यान्वयनमा आउँछ’, समिति उच्च श्रोतले विकासन्युजसँग भने ।

समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०६९ लाई विस्थापित गर्दै बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ ल्याउन लागेको हो ।बीमा कम्पनीमा सीर्इओहरुको अभाव रहेको र नेपाल राष्ट्र बैंकले पनि स्नातक उतिर्णहरुलाई बाणिज्य बैंकको सीर्इओ बनाउन सकिने नयाँ व्यवस्था गरेसँगै बीमा समितिले पनि सोही अनुसारको व्यवस्था अघि सारेको हो ।

नयाँ संस्थागत सुशासन निर्देशिकामा बीमा कम्पनीहरुमा डेपुटी सीर्इओ पनि अनिवार्य गरिएको छ । अब प्रत्येक बीमा कम्पनीले सीर्इओका साथै डेपुटी सीर्इओको व्यवस्था पनि गर्नुपर्नेछ ।‘सीर्इओलाई काम गर्न सहज बनाउन र बीमा क्षेत्रमा नेतृत्व विकासका लागि डेपुटी सीइओ राख्नै पर्ने व्यवस्था गरेका हौं’, बीमा समिति श्रोतले भन्यो ।बीमा समितिले संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ यसै सातादेखि कार्यान्वयनमा ल्याउँदैछ ।

Share News