काठमाडौं । लगातार दुई दिन बन्द भएर खुलेको बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सो दिनको नेप्से परिसूचक ११.३७ अंकले उकालो लागेर १३६०.३८ अंकमा पुगेको छ ।
सोही दिन कूल १५८ कम्पनीको ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा जम्मा ७ लाख ८५ हजार ५४४ कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा स्वदेशी लघुवित्त वित्तीय संस्थाको २ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७७६ रुपैयाँ रहेको छ ।
बुधबार कारोबारमा आएका मध्ये बीमा समूहको सूचक सबैभन्दा बढी अंकले उकालो लागेको छ । सो दिन बीमा १०७, माइक्रोफाइनान्स ४६, हाइड्रोपावर २६, होटल २३, अन्य १६ र बैंकिङ समूह २.७१ अंकले बढेका छन् । त्यस्तै, बाँकी समूहको सूचक राताम्मे भएका छन् ।
बजारमा सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका सेयरधनीले एकैदिन १० प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँ रहेको छ । त्यसैगरी, अघिल्लो दिनको तुलनामा स्वदेशी लघुवित्तको ९.९७ र स्वरोजगार लघुवित्तको ६.२५ प्रतिशतले सेयर मूल्यम वृद्धि भएको छ ।