साहरा विकास बैंकको १८ करोड २४ लाख ८७ हजारकाे हकप्रद सेयर जेठ ६ गतेदेखि बिक्री खुला

<p>काठमाडौं । सहारा विकास बैंकले जेठ ६ गतेदखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द असार ९ गते हुने बैंकले जनाएको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री [&hellip;]</p>

काठमाडौं । सहारा विकास बैंकले जेठ ६ गतेदखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द असार ९ गते हुने बैंकले जनाएको छ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बैशाख ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले हकप्रदका लागि आवेदन दिन सक्ने एनआईबीएल क्यापिटलले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्ने छ ।

Share News