परिसंघका अध्यक्ष शर्माले भने- सुरक्षण कोषको रकम श्रमिकको हितमा उपयाेग गरौ

<p>काठमाडौं । १२९ औँ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको औद्योगिक, व्यवसायिक, सेवा, कृषि र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुलाई शुभकामना व्यक्त गर्दै सुरक्षण कोषको रकम श्रमिकको हितमा उपयोग गर्न जोड दिए । उनले हाल प्रचलित कानूनी प्रावधान अनुरुप श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई सुमधुर तुल्याउन एवं सामाजिक सुरक्षण कोषमा सञ्चित रकम [&hellip;]</p>

काठमाडौं । १२९ औँ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको औद्योगिक, व्यवसायिक, सेवा, कृषि र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुलाई शुभकामना व्यक्त गर्दै सुरक्षण कोषको रकम श्रमिकको हितमा उपयोग गर्न जोड दिए ।

उनले हाल प्रचलित कानूनी प्रावधान अनुरुप श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई सुमधुर तुल्याउन एवं सामाजिक सुरक्षण कोषमा सञ्चित रकम श्रमिक मित्रहरुको हित र दक्षता अभिवृद्धिमा उपयोग गर्ने वातावरण सृजना गर्नु पर्ने आव्हान गरे ।

‘आजको यस ऐतिहासिक दिनले सरकार, श्रमिक, उपभोक्ता र रोजगारदाताहरुमा मुलुकको आर्थिक विकासतर्फ अग्रसर हुन नयाँ चेतना प्रवाह गरोस्,’ उनको कामना छ ।

उनका अनुसार शान्त, सुन्दर र समृद्ध नेपाल हामी सबैको चाहना हो । हाम्रो परिकल्पनाअनुसारको सभ्य, शालीन र समुन्नत नेपाल बनाउन श्रमको अपरिहार्यता  छ ।

यस ऐतिहासिक अवसरले असल औद्योगिक श्रम सम्बन्ध काययम गर्न, कामको सम्मान गर्न, उत्पादन र उत्पादकत्व बढाउन, सहकार्यको माध्यमबाट दीगो आर्थिक विकासतर्फ अग्रसर हुनेमा अाफु अाशावादी रहेकाे  उनकाे भनाइ छ ।

Share News