भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन किन ?

<p>काठमाडौं । ‘‘नाकाबन्दी, सीमाअतिक्रमण, व्यापार अवरोध, विकासे आयोजनाहरु ओगट्ने मात्रै, आन्तरिक राजनीतिक मामिलामा निरन्तरको हस्तक्षेप ।’ यी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र नेपालीलाई लगाएका गुण । त्यति मात्रै होइन, मोदीले नेपालीलाई अरु पनि थुप्रै गुण लगाएका छन् । तीमध्येको अर्को एउटा गुण हो, वुद्धको जन्म सम्बन्धी । मोदीले पटक पटक वुद्ध भारतमा जन्मिएका [&hellip;]</p>

काठमाडौं । ‘‘नाकाबन्दी, सीमाअतिक्रमण, व्यापार अवरोध, विकासे आयोजनाहरु ओगट्ने मात्रै, आन्तरिक राजनीतिक मामिलामा निरन्तरको हस्तक्षेप ।’ यी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र नेपालीलाई लगाएका गुण । त्यति मात्रै होइन, मोदीले नेपालीलाई अरु पनि थुप्रै गुण लगाएका छन् । तीमध्येको अर्को एउटा गुण हो, वुद्धको जन्म सम्बन्धी । मोदीले पटक पटक वुद्ध भारतमा जन्मिएका हुन भनेर हाम्रो स्वाभिमानमाथी धावा बोलेका छन् ।

भूकम्पले थला परेको मुलुकलाई नयाँ संबिधान जारी गर्ने बिषयले एक जुट बनाएको थियो । संबिधान बनाउने मामलामा मधेश केन्द्रित दलहरुले असमति राख्दै आन्दोलन घोषणा गरेका थिए तर मोदीले आन्तरिक मामलालाई उछालेर नेपालमा नाकाबन्दी गरिदिए । नाकाबन्दी मोदीले लगाए तर त्यसको दोष मधेशवादी दलहरुमा थोपर्ने प्रयास पनि गरे । मधेशवादीहरुले सीमा अवरोध गरेर नाका बन्दी गरेको सन्देश दिएर नेपाली नेपालीलाई जुधाउने प्रयास पनि गरे ।

कञ्चनपुरको पुनर्वासमा गोविन्द गौतमलाई गोली हानेर हत्या गरेको भारतले अझै माफी मागेको छैन् । पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली र भारतीयबीच विवाद हुँदा एसएसबीले गोली चलाएर गौतमको हत्या गरेको थियो । पुनर्वास नगरपालिका वार्ड न ९ बीच फाँटामा १९४ नम्बरको जंगेपिलर नजिक नेपाली भूमिमा लगाएको खेती संरक्षणका गरिएको तारबार एसएसबीले उखेलेर फालेका छन् ।

सिमा क्षेत्रमा एक तर्फीरुपमा बाँध र सडक निर्माण गरेर हजारौं नेपाली भूमि डुबानमा पर्ने श्रृंखला अझै रोकिएको छैन् । महाकाली सन्धिको कार्यान्वयन, हुलाकी राजमार्गको निर्माणमा ढिला सुस्ति, पश्चेश्वरमा अनिच्छा, माथिल्लो कर्णाली जलविद्युत आयोजना ओगट्ने, भूकम्प पीडितका लागि ५० हजार घर बनाइदिने सम्झौता कार्यान्वयन नगर्नु, अदुवाको निकासीमा अवरोध, बंगलादेश पुग्ने बाटो नदिने, भुटानी शरर्णाथी फिर्ता गराउन असहयोग जस्ता काम भारतबाट हुँदै आएका छन् ।

तीन पुस्तासम्म नेपाली नागरिकहरुले बिर्सनौ नसक्ने गरि लगाइएको नाकाबन्दी, सीमा अतिक्रमण, विकासमा अवरोध, आन्तरिक राजनीतिक हस्तक्षेप जस्ता अनेकौं घट्नाक्रमहरुलाई बिर्सेर हामी कसरी मोदीलाई नागरिक अभिनन्दन गर्न सक्छौं ? जंगे पिलरहरु हटाउने क्रम नरोकिँदै, नाकाबन्दीको हिसाब किताब नहुँदै, तराई डुबान नरोकिँदै, विकासका अवरोध नहट्दै, आन्तरिक राजनीतिमा हस्तक्षेप नरोकिँदै हामी कसरी मोदीलाई अभिनन्दन गर्न तयार भयौं ?

एउटा देशको सरकार प्रमुखलाई अर्को देशका नागरिकले अभिनन्दन गर्ने भनेको त्यो देशको हितमा मनग्गै काम गरेपछि मात्रै हो । अर्थात अभिनन्दनका लागि योग्य कर्म गरेपछि बल्ल अभिनन्दन गरिने हो । तर सधैँ नेपाली स्वाभिमानमा आँच पुर्याउने, नेपाली जमिन मिच्ने, नेपालीको राष्ट्रियतामाथी प्रहार गर्ने, हामीलाई अविकासको भूमरीमा धकेल्ने मोदी नागरिक अभिनन्दनका लागि योग्य पात्र होइनन् ।

उनले नेपाल र नेपालीका पक्षमा अहिलेसम्म एउटा पनि काम गरेका छैनन् । भूकम्प पीडितका लागि ५० हजार घर बनाईदिने प्रतिवद्धता व्यक्त गरेको भारतले भर्खर तेश्रो पक्ष खटाएर निर्माण सम्पन्न भएका घरहरुको अवलोकन थालेको छ । हुलाकी राजमार्गको निर्माणलाई बर्षौसम्म रोकेर भित्रि मधेशलाई अधिवकासमा भूमिबाट माथि उठ्नै नदिने भारत नै हो । नेपाल र नेपालीको सानका रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनीमाथि धावा बोल्ने मोदी कसरी अभिनन्दनका पात्र हुन सक्छन् ?

मोदी नेपाल भ्रमणमा आउनु राम्रो पक्ष हो, दुई छिमेकी मुलुक सँधै तित्तताको सम्बन्धमा रहनुहुन्न । तर सम्बन्ध सुधार गर्न हुने भ्रमणमा विना कुनै उपलब्धि नागरिक अभिनन्दन गरिनु सर्वथा गलत हुनेछ । मोदीले आफ्ना तमाम कुकर्महरु प्रति आत्माग्लानी महसुश गर्नुपर्छ । विगताम दुःख दिएकोमा आत्मालोचना गर्नुपर्छ र भविष्यमा दुःख नदिने प्रण गर्नुपर्छ । अनि मात्रै उनी अभिनन्दनका लागि योग्य हुनेछन् । अहिलेकै अवस्थामा गरिने नागरिक अभिनन्दन भनेको मोदीको शक्तिको पुजा मात्रै हुनेछ ।

 

Share News