काठमाडौं । फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा नेपाली बजारमा सार्वजनिक भएकाे छ । फ्यान्टाको नयाँ लोगो हेर्दा निकै बोल्ड र रमाइलो देखिन्छ । नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभुसाका युवालाई सम्मान गर्ने र सकारात्म सोचको तरङ प्रबाह गर्ने किसिमले डिजाइन गरिएको छ ।

नयाँ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने ‘फ्यान्टाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ, जसले युवाहरुसँग आफुलाई जोडेर ब्राण्ड बिल्डमा गर्नमा सहयोग पुर्याउँछ । अहिलेको नयाँ पुस्ताको दृष्टिकोणलाई लिएर हामीले फ्यान्टाको क्याम्पेन शुरु गरेका हौं ।’
उनले भने, ‘हामीले अहिले टीन मार्केटिङ अफिसर्सको टिम तयार गरेका छौँ जसले takeover.fanta.com जस्ता प्याटफर्महरुका मार्फत टीनएजर्सलाई यस क्याम्पेनमा भाग लिन र केहि नयाँ सृजना गर्न उत्सुक बनाउनेछन् ।’