मजदुर दिवसमा मालिकको शुभकामना, राणाले भनिनः समृद्धिका लागि सहकार्य

<p>काठमाडौं । १२९ औं अन्तर्राष्ट्रिय मे दिवसको उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सबै श्रमिक कामदरलाई एक जुट भएर अघि बढ्न आग्रह गरेकी छिन् । उनले अनेक आरोह अवरोह पार गर्दै मुलुक अहिले इतिहासको नयाँ मोडमा उभिएको भन्दै यसलाई अवसरको रुपमा लिएर राजनैतिक उपलब्धीको जर्गेना गर्दै मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरणको लागि एक [&hellip;]</p>

काठमाडौं । १२९ औं अन्तर्राष्ट्रिय मे दिवसको उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सबै श्रमिक कामदरलाई एक जुट भएर अघि बढ्न आग्रह गरेकी छिन् ।

उनले अनेक आरोह अवरोह पार गर्दै मुलुक अहिले इतिहासको नयाँ मोडमा उभिएको भन्दै यसलाई अवसरको रुपमा लिएर राजनैतिक उपलब्धीको जर्गेना गर्दै मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरणको लागि एक भएर अघि बढ्न सम्पुर्ण श्रमिक कामदारलाई आह्वान गरेकी छिन् । ‘हाम्रो सामु विविध चुनौतीहरु छन्, उनले भनेकी छिन् ‘तथापि हामी एकजुट भएर अघि बढ्यौ भने ति चुनौतीको सामना गर्न गाह्राे पनि छैन ।’

उनका अनुसार मुलुकको आर्थिक विकासलाई केन्द्र विन्दुमा राखेर पूँजी र परिश्रमको उच्चतम प्रयोग गर्नुको विकल्प छैन । यसलाई मनन् गरेर दिगो आर्थिक विकास, सम्मुनत जीवन र समृद्ध राष्ट्रका निर्माणका लागि प्रतिवद्ध भई काम गर्न आश्यक छ ।

त्यस्तै महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक वृद्धि र मुलुक भित्रै पर्याप्त रोजगारी सिर्जना गर्नु पर्ने बताए । यसका लागि साधन श्रोतको परिचालनका साथै श्रमिकको दक्षता विकास एवं उद्योग व्यवसायको क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेको उनको भनाइ छ ।

सहकार्य र समझदारीको प्रतिफलको रुपमा नयाँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भई कार्यान्वयनमा आएको कुरा स्मरण गर्दै आगामी दिनहरुमा पनि श्रम क्षेत्रको विकास एवं आर्थिक सम्वृद्धिको लागि सहकार्य हुनुपर्ने कुरामा उपाध्यक्ष ढकालले जोड गरे ।

 

Share News