सेयर बजार ओरालो लाग्ने क्रम जारी, ४० करोडको सेयर किनबेच

<p>काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबारको सेयर बजार ८.२१ अंकले घटेर १३४९.०१ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन १६१ कम्पनीको ४० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा ६ कम्पनीको एक करोड रुपैयाँ बढीको [&hellip;]</p>

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबारको सेयर बजार ८.२१ अंकले घटेर १३४९.०१ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन १६१ कम्पनीको ४० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा ६ कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर, नेपाल बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीकाे साे मात्राकाे काराेबार भएकाे हाे ।


सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.७७ प्रतिशत गुमाएका छन् । त्यस्तै, जानकी फाइनान्स र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ६.५ र ६.१९ प्रतिशत घटेको छ । उता स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकताकर्ताले भने ९.९४ प्रतिशत कमाएका छन् ।

बजारमा होटल, उत्पादनमूलक, विकास बैंक, बीमा र ट्रेडिङ समूहको सूचक हरिया छन् भने बाँकी समूहको सूचक राताम्मे छन् । होटल समूह ३५ अंकले उकालो लागेको छ भने बैंकिङ् समूह ११ अंकले ओरालो लागेको छ ।

Share News