काठमाडौं । आकर्षक स्वरुप तथा विशेषताहरु भएको सिजीको वासिङ्ग मेसिनहरुको माग बढ्दै गएको छ । उक्त मेसिनहरुमा धेरै भन्दा धेरै विशेषताका साथै नेपाली समाजमा सुहाउँदो मूल्य भएकै कारण उक्त मेसिनहरुको माग बढेको कम्पनीले जनाएको छ ।

उक्त वासिङ्गहरु हेर्दा एकदमै राम्रो, जस्तोसुकै ठाउँमा पनि सजिलै राख्न सकिने र मोटरमा १० वर्षको वारेण्टी भएकै कारण यसको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ ।
कम्पनीले बढ्दो आधुनिकरण र व्यस्तताको कारण ग्राहकहरुलाई ध्यानमा राखि उक्त मेसिनहरु नेपाली बजारमा ल्याएको हो ।