नागढुङगा–कलंकी–कोटेश्वर–धुलिखेल मोनोरेलको काम अघि बढ्यो

<p>काठमाडौं । उपत्यकामा मोनोरेलको काम अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३० औं बैठकले मोनोरेलको काम अघि बढाउन निर्देशन दिएको हो । मोनोरेल काठमाडौंको नागढुङगा कलंकी, कोटेश्वर र धुलिखेलसम्म सञ्चालन हुनेछ । बैठकले रेलमार्ग निर्माणको आशयपत्र निर्माण गरी काम अघि बढाउन निर्देशन दिएको हो । बोर्ड [&hellip;]</p>

काठमाडौं । उपत्यकामा मोनोरेलको काम अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३० औं बैठकले मोनोरेलको काम अघि बढाउन निर्देशन दिएको हो ।

मोनोरेल काठमाडौंको नागढुङगा कलंकी, कोटेश्वर र धुलिखेलसम्म सञ्चालन हुनेछ । बैठकले रेलमार्ग निर्माणको आशयपत्र निर्माण गरी काम अघि बढाउन निर्देशन दिएको हो ।

बोर्ड बैठकले आर्थिक वर्ष २०७५ ०७६ को बजेट स्वीकृत गरेको छ । सरकारको लगानीबाट निर्माण हुने सिशा उद्योग, से–फक्सुन्डो लक्जरी रिर्सोट, एकिकृत कृषि परियोजना, स्की रिर्सोट, स्वास्थ्य शिक्षा तथा खेलकुद रिर्सोट सम्भाव्यता अध्यायन इओआई सम्बन्धी कागजात समेत स्वीकृत समेत गरेको छ ।

ओलीले विकासको काममा एकजुट भई अघि बढ्न, विकासको गतिलाई द्रुत गतिमा अघि बढाउन र कुनैपनि अवरोध भएमा निराकरणको लागि पहल सुरु गर्न निर्देशन दिए ।

बैठकमा सरकारका मन्त्रीहरु, राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, निजी क्षेत्रका प्रतिनिधिहरु र सरकारका मन्त्रीहरु सहभागी रहेका थिए ।

Share News