कामना सेवा विकास बैंकको हकप्रद बिक्री नभएपछि पुनः लिलामीमा, बैशाख ३१ गते बोलपत्र पेश गर्ने अन्तिम दिन

<p>काठमाडौं । कामना सेवा विकास बैंकको हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गर्न लागिएको छ । बैंकको संस्थापक र सर्वसाधारण गरी ८ लाख ४९ हजार ९६३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ ६ लाख ३७ हजार ८१६ र सर्वसाधारणतर्फ २ लाख १२ हजार १४६ कित्ता हकप्रद लिलामी गर्न बिक्री प्रवन्धक एनएमबी [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकको हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गर्न लागिएको छ ।

बैंकको संस्थापक र सर्वसाधारण गरी ८ लाख ४९ हजार ९६३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ ६ लाख ३७ हजार ८१६ र सर्वसाधारणतर्फ २ लाख १२ हजार १४६ कित्ता हकप्रद लिलामी गर्न बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले प्रक्रिया सुरु गरेको छ ।

हकप्रद खरिदका लागि बैशाख २४ देखि खुला भई ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिने एनएमबीले जनाएको छ ।

Share News