उच्च शिक्षाका लागि विदेश जानेको लर्काे, यो वर्षमात्रै ५६ हजार विद्यार्थी विदेशिदै

<p>काठमाडौँ । नेपालमा नै उच्च शिक्षाका लागि अध्ययन गर्न विश्वविद्यालय भएपनि विदेशि जाने विद्यार्थीको लर्को लागेको छ ।यो वर्ष मात्रै नेपालबाट ५६ हजार २१६ जना विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान लागेका हुन् । विदेशमा अध्ययन गर्न जान शिक्षा मन्त्रालयबाट ५६ हजार बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । नेपाल राष्ट्र बैंकबाट डलर [&hellip;]</p>

काठमाडौँ । नेपालमा नै उच्च शिक्षाका लागि अध्ययन गर्न विश्वविद्यालय भएपनि विदेशि जाने विद्यार्थीको लर्को लागेको छ ।यो वर्ष मात्रै नेपालबाट ५६ हजार २१६ जना विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान लागेका हुन् ।

विदेशमा अध्ययन गर्न जान शिक्षा मन्त्रालयबाट ५६ हजार बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । नेपाल राष्ट्र बैंकबाट डलर सटही गर्नका लागि नोअब्जेक्सन लेटर चहिन्छ । नेपालमा विभिन्न १० वटा विश्वविद्यालय हुदाहुदै उच्च शिक्षाका लागि विदेशिनेको संख्या दिनानुदिन बढिरहेको सरकारी तथ्याँकले देखाएको छ । अध्ययनका लागि वर्षेनी अर्बौ रुपैयाँ विदेशिने गरेको छ ।

शिक्षा मन्त्रालयबाट आर्थिक वर्ष २०७४ भित्र अस्ट्रेलियाका लागि २८ हजार ६२४ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जुन संख्या पछिल्ला वर्षहरुमा क्रमशः उकालो चढिरहेको छ । विभिन्न ७२ वटा देशमा ५६ हजार २१६ जनाले नो अब्जेक्सन लेटर लिएका छन् ।

अस्ट्रेलियापछि जापान पनि विद्यार्थीहरुको रोजोराइमा परेको छ । यो वर्ष १० हजार ८४० जनाले नो अब्जेक्सन लेटर लिएका छन् । अमेरिका २ हजार ३४९, भारतमा १ हजार ९३३, र चीनमा १ हजार ९२२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । यस्तै युक्रेन, रोमानीया, कोरिया गणतन्त्र, लगायतका ६ वटा देशमा १/१ जनाले मात्र नो अब्जेक्सन लेटर लिएका छन् ।

दक्षिण एसियाका देशहरुको तुलनामा केही महंगो भए पनि अस्ट्रेलियामा सन् २०१२ यता अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या उकालो लागिरहेको छ । जुन अस्ट्रेलियामा पढ्न जाने नेपाली विद्यार्थीहरुको नो अब्जेक्सन लिने संख्याले पनि देखाउँछ । सो तथ्यांकमा नेपाल चीन, भारत र भियतनामपछि चौथो ठूलो अन्तर्रािष्ट्रय विद्यार्थी आउने देशमा परेको छ । नेपालपछि दक्षिण कोरिया र थाइल्याण्ड रहेका छन ।

नो अब्जेक्स लेटर दिने विभाग (एनओसी) का उपसचिव देविप्रसाद उपाध्याय अस्ट्रेलियामा सबै प्रकारको शिक्षा लिन पाइने भएका कारण त्यहाँ नेपाली विद्यार्थीको आकर्षण भएको बताउँछन् । अस्टे«लियामा सबै प्रकारको शिक्षाको ब्यवस्था र राज्य अनुसार फरक फरक शिक्षा प्रणाली छ,उनी भन्छन ’ब्यवसायिक, प्राविधिक र प्राज्ञिक शिक्षा सबै प्रकारका शिक्षाका अवसर पनि छ । त्यसैले धेरै नेपाली विद्यार्थीहरुको पहिलो रोजाइमा अस्ट्रेलिया पर्ने गरेको छ ।

उनका अनुसार अस्ट्रेलियामा विद्यार्थी क्षमता अनुसारकै शैक्षिक संस्था पाउने भएकाले पनि सबै विद्यार्थीहरु अटाउने गर्छन् । स्ट्रीमलाइन भिसा प्रणालीमा विश्वविद्यालयलाई नै धेरै अधिकार दिइएकाले पनि नेपाली विद्यार्थीहरुको अस्ट्रेलिया जाने संख्या बाक्लिएको हो ।

किनभने, यो प्रक्रियामा हाइ कमिसनले विद्यार्थीबारे धेरै खोजीनीति गर्दैन । उसले विश्वविद्यालय र कलेजहरुले आवेदन स्वीकृत गरेका विद्यार्थीहरुलाई निगरानी गर्न समेत आवश्यक ठान्दैन । जसका कारण विद्यार्थीहरुले भिसाका सबै प्रक्रियाहरु राम्रोसँग पूरा गरेमा भिसा लाग्ने सम्भावना सतप्रतिशत रहन्छ ।

अस्ट्रेलियामा भिसा लाग्ने शुनिश्चित जस्तै हुनु, अस्ट्रेलियामा नेपालीहरुको बढ्दो जनसंख्या, सहज भिसा प्रोसेसिङ, पोष्ट स्टडिज भिसा, राम्रो कमाईं, रोजगारीको अवसर र पीआर आकर्षणजस्ता कारण पनि अस्ट्रेलिया नेपाली विद्यार्थीहरुको शैक्षिक गन्तब्यको पहिलो सूचीमा पर्ने गरेको छ । अस्ट्रेलियापछि क्रमश जापान र संयुक्त राज्य अमेरिका पर्छन ।

उत्कृष्ट डिग्री, स्थायी बसोबास अवसरस र राम्रो आम्दानीका कारण नेपालीहरु अस्ट्रेलियातर्फ ओइरिनुका प्रमुख कारणहरु हुन् । यस बाहेक धेरै विद्यार्थीहरुले अस्ट्रेलियन सरकारले दिने अस एडमार्फत पनि अस्ट्रेलियामा उच्च शिक्षा लिने अवसर पाइरहेका छन् ।

के पढ्न जान्छन्  विदेशमा ?

खासगरी अस्ट्रेलिया जाने विद्यार्थीहरुको छनोटको दायरा उति डाइर्सिफाइड छैन् । नेपालमा विज्ञान र मानविकी पढेकाहरुभन्दा कमर्स पढेकाहरुलाई बढी छनोटका अवसरहरु अस्ट्रेलियामा पाइन्छ ।

यसबाहेक नर्सिङ पढ्न जानेहरुको संख्या पनि उतिकै छ । नर्सिङमा अस्ट्रेलियामा आकर्षक कमाइ हुने र पिआर आवेदनका लागि पनि सहज नर्सिङ गरिरहेकाहरुका आकर्षण अझ बढी देखिन्छ ।

 

Share News