सिभिल बैंकले गर्यो लोभलाग्दो प्रगति : नाफा १२७ प्रतिशत बढेर ३५ करोड पुग्यो

<p>काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा नाफा १२७ प्रतिशत बढाएको छ ।  बैंकले गत चैतसम्म नाफा बढाएर ३५ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १५ करोड ४४ लाख रुपैयाँ थियो । ४६ करोड ९१ लाख रुपैयाँ निष्क्रिय कर्जा असुली (राइट ब्याक) गरेपछि बैंकले नाफा बढाएको हो । [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा नाफा १२७ प्रतिशत बढाएको छ ।  बैंकले गत चैतसम्म नाफा बढाएर ३५ करोड रुपैयाँ पुर्याएको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा १५ करोड ४४ लाख रुपैयाँ थियो । ४६ करोड ९१ लाख रुपैयाँ निष्क्रिय कर्जा असुली (राइट ब्याक) गरेपछि बैंकले नाफा बढाएको हो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर ८९ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

९ महिनामा बैंकले निष्क्रिय कर्जा घटाएर ३.७४ प्रतिशतमा झारेको छ । यसअघि बैंकको यस्तो कर्जा ४.६६ प्रतिशत थियो । यस्तै निक्षेप लागत ८.८१, कर्जा र निक्षेप अनुपात ७७.७८ र आधार ब्याजदर १२.३६, ब्याजदर अन्तर २.४१ प्रतिशत रहेको छ । बैंकको संचित कोषमा १ अर्ब ९१ करोड रुपैयाँ छ ।

बैंकको निक्षेप परिचालन ९.१५ प्रतिशत बढेर ३६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी १७.१७ प्रतिशत बढेर ३४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

Share News