हवाई सुरक्षा बलियो बनाउन रविन्द्र अधिकारीले निर्माण गरे विज्ञ टोली

<p>काठमाडौं । नागरिक उड्डयन क्षेत्र विकासको लागि विज्ञ टोली गठन भएको छ । नागरीक उड्यान मन्त्रालयको मन्त्रिस्तरीय बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका २५ जनाको सुझाव टोली गठन गरेको हो । यस टोलीले संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रि रविन्द्र अधिकारीलाई परामर्श दिने नागरीक उड्डयान प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । रविन्द्र अधिकारी अध्यक्ष [&hellip;]</p>

काठमाडौं । नागरिक उड्डयन क्षेत्र विकासको लागि विज्ञ टोली गठन भएको छ । नागरीक उड्यान मन्त्रालयको मन्त्रिस्तरीय बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका २५ जनाको सुझाव टोली गठन गरेको हो ।

यस टोलीले संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रि रविन्द्र अधिकारीलाई परामर्श दिने नागरीक उड्डयान प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । रविन्द्र अधिकारी अध्यक्ष रहेको टोलीमा राज्यमन्त्री, मन्त्रालयका सचिवहरु रहनेछन् ।

टोलीको सदस्यहरुमा ललित विक्रम शाह, विरेन्द्र बहादुर देउजा, नगेन्द्र प्रसाद घिमिरे, यज्ञ प्रसाद गौतम, हरिभक्त श्रेष्ठ, कमल कुमार केसी, त्रिरत्न मानन्धर, रतिशचन्द्रलाल समुन कमल रिमाल, क्याप्टेन पिजे शाह, महेन्द्र सिंह रावल, उदय विश्वम्भर श्रेष्ठ, क्याटेन युवराज कुमार भट्टराई, नारायण बहादुर सिंह, लिविन्द्रमान शाक्य, सुमन कुमार श्रेष्ठ, महेन्द्र राजभण्डारी, प्रभाकर अधिकारी, सुश्री प्रभा वैद्य र हेमन्त अर्याल रहेका छन् ।

टोलीले हवाई सुरक्षामा गर्नुपर्ने सुधार र समस्या न्युनिकरण गर्न सहयोग गर्नेछ ।

Share News