महालक्ष्मी विकास बैंकको थप दुई शाखा बझाङ्ग र बाजुरामा

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा बझाङ्गको चैनपुर र बाजुरा जिल्लाको मार्तडीमा थप दुई शाखा खोलेको छ । बैंकको चैनपुर शाखाको उद्घाटन जयपृथ्वी नगरपालिकाका नगर प्रमुख विरेन्द्रबहादुर खड्काले तथा मार्तडी शाखाको उद्घाटन बडिमालीका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले गरेका हुन् । कार्यक्रममा बैँकले आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा बझाङ्गको चैनपुर र बाजुरा जिल्लाको मार्तडीमा थप दुई शाखा खोलेको छ ।

बैंकको चैनपुर शाखाको उद्घाटन जयपृथ्वी नगरपालिकाका नगर प्रमुख विरेन्द्रबहादुर खड्काले तथा मार्तडी शाखाको उद्घाटन बडिमालीका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले गरेका हुन् ।

कार्यक्रममा बैँकले आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता जनाएको छ ।

बैंकले गत चैतमसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Share News