प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा गोंगबुमा, ३ बर्ष भित्र सबै जिल्लामा विस्तार गर्ने

<p>काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिवारदेखि गोंगबु शाखा कार्यालयको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईले एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् । यस अघि कम्पनीले देशभित्र विभिन्न स्थानहरुमा स्थापित आफ्ना १८ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । शुभारम्भ कार्यक्रममा बीमा समितिका कार्यकारी अध्यक्ष [&hellip;]</p>

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिवारदेखि गोंगबु शाखा कार्यालयको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईले एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् ।

यस अघि कम्पनीले देशभित्र विभिन्न स्थानहरुमा स्थापित आफ्ना १८ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

शुभारम्भ कार्यक्रममा बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए । उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुर्याउने बताएका छन् ।

कम्पनीका संचालक मनीराम पोखरेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरेका छन् । “हामी शहर देखि गाउँसम्मै जीवन बीमा सेवाको विस्तार गर्नेछौं” उनले भने ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले आगामी ३ बर्ष भित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य रहेको जानकारी गराएका छन् ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गरिनेछ ।

Share News