इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकको लाेगो बनाउनेलाई ५० हजार पुरस्कार, भाडामा घर खोज्दै

<p>काठमाडौं । नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकले उत्कृष्ठ लोगो बनाउने डिजाइनरलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । बैंकले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर बैंकको लोगो निर्माणका लागि आव्हान गरेको हो । बैंकले छनौट गरेको उत्कृष्ठा लोगोका डिजाइनरलाई ५० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने जनाएको छ । बैंकले लोगोमा लगानी, पुर्वाधार तथा आर्थिक विकास र [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकले उत्कृष्ठ लोगो बनाउने डिजाइनरलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । बैंकले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर बैंकको लोगो निर्माणका लागि आव्हान गरेको हो ।

बैंकले छनौट गरेको उत्कृष्ठा लोगोका डिजाइनरलाई ५० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने जनाएको छ । बैंकले लोगोमा लगानी, पुर्वाधार तथा आर्थिक विकास र यसको अन्तरसम्बन्ध उजागर हुनुपर्ने जनाएको छ ।

त्यस्तै, बैंकले कार्यालय प्रयोजनका लागि घर भाडामा समेत आव्हान गरेको छ । बानेश्वर, पुतलीसडक, थापाथली, नक्साल, बबरमहल, लैनचौर, कमलादी वा सो क्षेत्र वरपर रहेका भवनहरुलाई प्राथमिकतामा राख्ने जनाएको छ । आरसीसी ढलान गरिएको ५००० वर्गफिटमा फैलिएको भवन हुनुपर्ने पनि बैंकले जनाएको छ ।

इन्फास्ट्रक्चर बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिईसकेको छ । २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंकमा सरकारले २ अर्ब रुपैयाँ लगानी गर्नेछ । बाँकी बैंक तथा वित्तिय संस्था, व्यवसायीक घरना र कम्पनीहरुको लगानी रहनेछ ।

बैंकले देशको पूर्वाधार विकास सम्बन्धी आयोजनामा कर्जा प्रवाह, कम्पनीहरुको धितोपत्रमा लगानी, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने बैंक स्थापनाको नेतृत्व गरिरहेका बिनोद आत्रेयले जानकारी दिए ।

Share News