विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र यूकेएड, सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बीच इन्टरप्राइज डेभलपमेन्ट एण्ड डिजिटलाइजेसन अफ माईक्रोफाईनान्स सर्भिस(इन्टरप्राइजेज डेभलपमेन्ट एण्ड डिजिटलाइजेशन अफ माइक्रोफाइनान्स सर्भिस) नामक कार्यक्रमको साझेदारीमा हस्ताक्षर भएको छ । नेरुडेको तर्फबाट प्रबन्ध सञ्चालक मणिकुमार अज्र्याल र सक्षम परियोजनाकोतर्फबाट डेपूटि टिम लिडर निर्मल दाहालले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस अन्तरगत नेरुडेको सुनसरी, झापा, इलाम, सर्लाही, रुपन्देही र अर्घाखाँची जिल्लामा रहेका १६ वटा कार्यालयहरुमार्फत उद्यम विकास कार्यक्रम वित्तीय साक्षरता कार्यक्रम र ट्यावलेट बैंकिङ्ग कार्यक्रम सञ्चालन गर्ने छ । तीन वर्षको अवधिमा ३४४२ ग्राहक सदस्यलाई उद्यमी बनाउने र २९१२० जनालाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिने उद्देश्य राखेको छ ।
कार्यक्रममा सक्षम परियोजनाका डेपूटि टिम लिडर निर्मल दाहालले नेपालमै पहिलो पटक वित्तीय साक्षरता सम्बन्धी जनचेतना फैलाउने कार्यलाई सफल तुल्याउन “बज नेरुडे” नामक घुमन्ते गाडीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी ग्रामीण क्षेत्रमा रहेका जनसमुदायलाई लक्षित गरि स्थानीय स्तरमै वित्तीय साक्षरता दिने उद्देश्यका साथ सडक नाटक, भिडियो प्रर्दशनी, घुमन्ते गाडी, लगायतका कार्यक्रमहरु गर्न लागिएको नेरुडेका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले जानकरी दिए ।