बुधबारको बजारमा उतारचढाव, नेप्से ८ अंकले घट्दा ५६ करोडको कारोबार

<p>काठमाडौं । बुधबारको सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ । बजार खुलेको केही समयमै ओरालो लागेको थियो । करिब एक घण्टाको अवधिमा बढेर १३९९ अंकमा पुगेको परिसूचक त्यसपछिको कारोबारमा फेरि ओरालो लागेको छ । समग्रमा बुधबारको नेप्से परिसूचक ८.३९ अंकले घटेर १३८६ अंकमा झरेको छ । घटेर राताम्मे भएको बजारमा अन्य समूह बाहेक बाँकी समूहको [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ । बजार खुलेको केही समयमै ओरालो लागेको थियो । करिब एक घण्टाको अवधिमा बढेर १३९९ अंकमा पुगेको परिसूचक त्यसपछिको कारोबारमा फेरि ओरालो लागेको छ । समग्रमा बुधबारको नेप्से परिसूचक ८.३९ अंकले घटेर १३८६ अंकमा झरेको छ ।

घटेर राताम्मे भएको बजारमा अन्य समूह बाहेक बाँकी समूहको सूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूह ५७ अंकले घटेको छ । त्यस्तै, अन्य समूहको सूचक सामान्य ०.७२ अंकले बढेका छन् ।

बजारमा कुल १६० कम्पनीको ५६ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ४ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६७ रुपैयाँ रहेको छ ।

Share News