५०० का नयाँ नोट बजारमा, हट्यो एउटा पाटे बाघ

<p>&nbsp; काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सय दरको नयाँ नोट चलनचल्तिमा ल्याएको छ ।  केन्द्रीय बैंकले बुधबारदेखि नयाँ ५ सय दरको नयाँ नोट चलनमा ल्याएको हो । साविककै आकार तथा रंगमा दुईटा बाघहरुको चित्रको सट्टामा एउटा मात्रै पाटेबाघ चित्र रहेको नयाँ ५ सयको नोट चलनचल्तिमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । संकेत नम्बर ङ/४६०००००१ [&hellip;]</p>

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सय दरको नयाँ नोट चलनचल्तिमा ल्याएको छ ।  केन्द्रीय बैंकले बुधबारदेखि नयाँ ५ सय दरको नयाँ नोट चलनमा ल्याएको हो ।

साविककै आकार तथा रंगमा दुईटा बाघहरुको चित्रको सट्टामा एउटा मात्रै पाटेबाघ चित्र रहेको नयाँ ५ सयको नोट चलनचल्तिमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । संकेत नम्बर ङ/४६०००००१ देखि छ/४०९९९९९९ सम्मको नोट बजारमा चल्तिमा आएको हो ।

पुराना नोटको चलनचल्ती यथावत रहने राष्ट्र बैंकले स्पष्टपारेको छ । नोटको बाँयातर्फ सगरमाथा हिमालको चित्र, दायाँतर्फ लाली गुराँशको पानीछाप, नोटको तल्लो भागमा गभर्नरको हस्ताक्षर, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर र वि.स. २०७३ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।

३.५ मि.मि चौडा भएको रंग परिवर्तन हुने र सुरक्षण धागो रहेको छ । यस्तै बोर्डरमा अंग्रेजीमा २०१६ एडी लेखिएको छ ।

Share News