नेपाल इन्भेष्टमेन्ट बैंकको लोभलाग्दो प्रगति, २८३ करोड नाफा, ३ महिनामा बढायो १०० करोड

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनामा खुदनाफा १ अर्ब रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको चैतमा बैैंकले २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुदनाफा गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनामा खुदनाफा १ अर्ब रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ ।

गत आवको चैतमा बैैंकले २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले समीक्षा अवधिमा लोभलाग्दो प्रगति गरेको उसले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।

पछिल्लो ३ महिनामा बैंकको ब्याज आम्दानी झण्डै दोब्बर बढाएर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत पुसमा बैंकको ब्याज आम्दानी २ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ थियो । ब्याज आम्दानी झण्डै १०० प्रतिशत बढेपछि नाफामा वृद्धि भएको हो ।

बैंकले बुधबार चालु आवको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको जानकारी दिएको छ । ३ महिनामा बैंकले निष्क्रिय कर्जा घटाएर ०.७६ प्रतिशतमा झारेको छ । गत पुसमा बैंकको यस्तौ कर्जा १.१२ प्रतिशत थियो ।

निक्षेप र कर्जा अनुपात (सीडी रेसियो) ७८, निक्षेप लागत ६.३५, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.२८ प्रतिशत छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६० पैसा छ ।

बैंकले ९ महिनामा १ खर्ब ३० अर्ब १९ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ । बैंकको संचित कोष विस्तार भई १० अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

Share News