काठमाडौं । तरलतको अवस्था कम भएर अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
केन्द्रीय बैंकले अल्पकालिन तरलताको समस्या समधान गर्न रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता कम भई अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजार हस्तक्षेप गर्न सो रकम पठाउन लागेको हो । अधिक तरलता घटेर ११ अर्ब रुपैयाँमा सीमित भएपछि अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेको हो ।
राष्ट्र बैंकले लागु गरेको ब्याजदर करिडोर नीतिअनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि थप रकम बजारमा पठाएर हस्तक्षेप गर्दै आएको छ । २ साताका लागि बजारमा पठाउन लागेको सो रकमको ब्याजदर ५ प्रतिशत छ । रिपो खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले बैशाख २६ गते फिर्ता गर्नुपर्ने छ ।
चालु आर्थिक वर्षको आठ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पmत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ ।