नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट, ७३ करोडको सेयर किनबेच

<p>काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । सो दिनको परिसूचक १५.९९ अंकले ओरालो लागेर १३९४ अंकमा झरेको हो । सोमबारको तुलनामा परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार जम्मा ७३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७७ [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । सो दिनको परिसूचक १५.९९ अंकले ओरालो लागेर १३९४ अंकमा झरेको हो ।

सोमबारको तुलनामा परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार जम्मा ७३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७७ करोड रुपैयाँ कम हो । सोमबारको बजारमा कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजारमा सेयर किन्ने भन्दा बेच्ने बढी भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् ।

दोहोरो अंकले ओरालो लागेको बजारमा ट्रेडिङ समूह बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी विकास बैंक समूहको सूचक २७ अंकले ओरालो लागेका छन् ।

सो दिन सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३७ प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रोगेसिभ फाइनान्स र कन्काई विकास बैंकका लगानीकर्ताले ५/५ प्रतिशत गुमाएका छन् । दोहोरो अंकले घटेको बजारमा पनि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६.५३ प्रतिशत कमाएका छन् ।

Share News