प्रहरी निरीक्षक सहित २ जवानले घुस लिएको अख्तियारको ठहर, विशेष अदालतमा आरोप पत्र दायर

<p>काठमाडौं । सुनसरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक काले बम्जन सहित जवानहरु ठाकुर खत्री र नवीन खड्काले घुस लिएको अख्तियार दुरुयोग आयोगले ठहर गरेको छ । उनीहरु विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम कसुर गरेको देखिन आएकोले निजहरुलाई जनही बिगो २५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को [&hellip;]</p>

काठमाडौं । सुनसरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक काले बम्जन सहित जवानहरु ठाकुर खत्री र नवीन खड्काले घुस लिएको अख्तियार दुरुयोग आयोगले ठहर गरेको छ ।

उनीहरु विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम कसुर गरेको देखिन आएकोले निजहरुलाई जनही बिगो २५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० अनुसार कारबाहिका लागि विशेष अदालत काठमार्डौमा आरोप पत्र दायार गरेको हो ।

यसअघि उनीहरुलाई भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले पक्राउ गरेको थियो ।

Share News