एनबी बैंकको डेपुटी सिइओमा श्रेष्ठ र एजिएममा देवकोटा नियुक्त

<p>काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुरेन्द्रभुषण श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, बैंकको सहायक महाप्रवन्धक (एजिएम) मा सुरेश देवकोटा नियुक्त भएका छन् । सन् १९९६ मा एभरेष्ट बैंकबाट आफ्नो बैंकिङ करियर शुरु गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सीए) श्रेष्ठ सन् २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए [&hellip;]</p>

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुरेन्द्रभुषण श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, बैंकको सहायक महाप्रवन्धक (एजिएम) मा सुरेश देवकोटा नियुक्त भएका छन् ।

सन् १९९६ मा एभरेष्ट बैंकबाट आफ्नो बैंकिङ करियर शुरु गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सीए) श्रेष्ठ सन् २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए । उनले भारतको इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आईसीआई) बाट सीए कोर्ष पूरा गरेका हुन् ।

श्रेष्ठले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको विदेशी व्यवस्थापन टिमको सदस्यको रुपमा जिम्मेवारी निर्वाह गर्नुका साथै विश्व बैंक तथा एसियाली विकास बैंक (एडीबी)अन्तर्गत नेपाल लगायत बंगलादेशमा पनि वित्तीय सुधार कार्यक्रमहरुमा काम गरेको अनुभव रहेको छ ।

त्यस्तै, एजिएम सुरेश देवकोटा पनि सीए हुन । इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)बाट सीए कोर्ष पूरा गरेका उनी हाल सोही संस्थाको पार्षद समेत छन् । देवकोटाले सन् २००५ बाट आफ्नो बैंकिङ करियर शुरु गरेका हुन् ।

Share News