सेयर बजार घटेको दिन नेपाल बैंकको मात्र झण्डै १० करोडको कारोबार, यस्तो छ कारण

<p>काठमाडौं । सेयर बजार घटेका बेला नेपाल बैंकको सबैभन्दा बढी किनबेच भएको छ । बैंकको प्रतिकित्ता ३६३ रुपैयाँमा ९ करोड ५९ लाख रुपैयाँ बराबरको २ लाख ६० हजार ६५८ कित्ता सेयर किनबेच भएको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ३६८ रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रुपैयाँ गिरावट आएको छ । नेपाल बैंकको सेयर मूल्य सस्तो [&hellip;]</p>

काठमाडौं । सेयर बजार घटेका बेला नेपाल बैंकको सबैभन्दा बढी किनबेच भएको छ । बैंकको प्रतिकित्ता ३६३ रुपैयाँमा ९ करोड ५९ लाख रुपैयाँ बराबरको २ लाख ६० हजार ६५८ कित्ता सेयर किनबेच भएको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ३६८ रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रुपैयाँ गिरावट आएको छ ।

नेपाल बैंकको सेयर मूल्य सस्तो हुनु र सोमबार चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएपछि बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको हो । नेपाल बैंककको सेयर मूल्य सस्तो भएको हुदा लगानीकर्ताले सुरक्षित ठानेर लगानी बढाउदा बढी कारोबार भएको एक ब्रोकरले बताए ।

सस्तो मूल्य र वित्तीय विवरणले लगानीकर्तालाई लोभ्याएको ती ब्रोकरको भनाई छ । बैंकले सोमबार चालु आवको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरी खुदनाफा २ अर्ब ५६ करोड रुपैयाँ भएको जानकारी दिएको थियो । यस्तै बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ बढी छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको पनि प्रतिकित्ता १३ हजार १०० रुपैयाँमा ४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Share News