
काठमाडौं । नेपाल बैंकले प्रिमियम मूल्य थप निष्कासन(एफपीओ) ल्याउन रेटिङ को काम सुरु गरेको छ । एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा जानुअघि बैंकले रेटिङको काम थालेको हो ।
रेटिङको काम सकिएपछि एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । उनले एफपीओको काम सकिएको जानकारी दिदै रेटिङको काम सकेर छिट्टै बोर्डमा जाने जानकारी दिए । उनले सकेसम्म छिट्टै एफपीओ निष्कासन गर्ने बताए ।
बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ ।
गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ ।
बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।