ग्लोबल आईएमई बैंकको नाफा १४४ करोड, ३ महिनामा नाफा ५० करोड बढायो

<p>&nbsp; काठमाडौं । ग्लोबल आईएमई बैंकले ३ महिनामा खुदनाफा झण्डै ५० करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म १ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनामा चालु [&hellip;]</p>

 

काठमाडौं । ग्लोबल आईएमई बैंकले ३ महिनामा खुदनाफा झण्डै ५० करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म १ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ ।

गत पुसमा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनामा चालु आवमा नाफामा सामान्य गिरावाट आएको जानकारी दिएको छ ।

बैंकको निष्क्रिय कर्जा १.२९, निक्षेप लागत ८.२२, पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७५.२९ आधार ब्याजदर ११.६८ र कर्जा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेडदर) प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकले २ अबै ६५ करोड ६२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकले समीक्षा अवधिमा ३५ करोड ६१ लाख राइट ब्याक गरेको छ ।

गत चैतसम्म बैंकको निक्षेप परिचालन १ खर्ब २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी ८९ अर्ब ६ करोड ९० लाख रुपैयाँ छ । बैंकको संचित कोष बढेर ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

Share News