
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल बैंकको नाफा सामान्य वृद्धि भएको छ ।बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा प्रतिकुल अवस्थामा पनि बैंकको वित्तीय अवस्था सकरात्मक रहेको जानकारी दिएको छ ।
बैंकको खराब कर्जा २.९१, निक्षेप लागत २.९७, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.४८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) दर ४.९९ र आधार ब्याज दर बढेर ७.११ प्रतिशत पुगेको छ । गत पुसमा बैंकको आधार ब्याजदर ६.९३ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा छ ।
बैंकले ९ महिनामा ६ अर्ब ६० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत पुसमा ४ अर्ब २४ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकको ब्याज आम्दानी झण्डै साढे २ अर्ब रुपैयाँ बढेको छ ।