
काठमाडौं । कुमारी बैंकले बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।बैंकले चुक्तापुँजी बढाउन २० प्रतिशत अर्थात १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन बन्द जेठ ३१ गते हुने छ । हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्ने छ ।