१६ कम्पनीले २६७ करोडको आईपीओ र एफपीओ निष्कासन गर्न पाए अनुमति

<p>काठमाडौं । साउनयता वित्तीय संस्था र जलविद्युत गरी १६ कम्पनीले साधारण सेयर र थप निष्कासन (एफपीओ) जारी गर्न अनुमति पाएका छन् । धितोपत्र बोर्डबाट ती कम्पनीले २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न पाएका हुन् । यसमध्ये नेपाल ग्रामीण विकास बैंक, प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र बुटबल पावर [&hellip;]</p>

काठमाडौं । साउनयता वित्तीय संस्था र जलविद्युत गरी १६ कम्पनीले साधारण सेयर र थप निष्कासन (एफपीओ) जारी गर्न अनुमति पाएका छन् । धितोपत्र बोर्डबाट ती कम्पनीले २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न पाएका हुन् ।

यसमध्ये नेपाल ग्रामीण विकास बैंक, प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले एफपीओ निष्कासन गर्न अनुमति पाएका थिए ।

यस्तै सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेड, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका पावर लिमिटेड रहेका छ ।

यस्तै आरम्भ माइक्रोफाइनान्स लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, शुभम् पावर लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अनुमति पाएका छन् ।

यी मध्ये अधिकाँशले आईपीओ र एफपीओ निष्कासन गरेका छन् । सबैभन्दा ठुलो एफपीओ बीपीसीले निष्कासन गरेको थियो । उसको २ अर्ब ४ करोड रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो । यस्तै रसुवागढीले १ अर्ब ६४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो ।

 

Share News