प्रतिकित्ता ५२३ मा निर्धन उत्थान बैंकको संस्थापक सेयर लिलामीमा, बंगलादेशको ग्रामीण ट्रष्ट बाहिरिदै

<p>काठमाडौं । बंगलादेशको ग्रामीण ट्रष्टले निर्धन उत्थान बैंकमा रहेको संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको छ । ग्रामीण ट्रष्टले निर्धन उत्थान बैंकमा रहेको ३ लाख ५७ हजार ८३ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम मूल्य ५२३ रुपैयाँ राखेर बिक्री गर्न लागेको हो । संस्थापक सेयर खरिद गर्नका लागि जेठ २० गतेभित्र बोलपत्र पेश गर्न बिक्री प्रवन्धक [&hellip;]</p>

काठमाडौं । बंगलादेशको ग्रामीण ट्रष्टले निर्धन उत्थान बैंकमा रहेको संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको छ ।
ग्रामीण ट्रष्टले निर्धन उत्थान बैंकमा रहेको ३ लाख ५७ हजार ८३ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम मूल्य ५२३ रुपैयाँ राखेर बिक्री गर्न लागेको हो ।

संस्थापक सेयर खरिद गर्नका लागि जेठ २० गतेभित्र बोलपत्र पेश गर्न बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेले जनाएको छ ।

बोलकबोलमा भाग लिनेले न्युनतम् १०० कित्ताका लागि र बढीमा जति पनि लिन पाइनले एनआईबीएलले जनाएको छ । सेयरको न्युनतम् मूल्य १८ करोड ६७ लाख रुपैयाँ हुने छ ।

Share News