११ कम्पनीको ६ करोड ३६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी बोनस सेयर

<p>काठमाडौं । बिहीबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न बैंक तथा वित्तीय संस्थाको कुल ६ करोड ३६ लाख ३ हजार १३१ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा एकैदिन ११ वटा वित्तीय संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर थपिएका हुन् । सो मध्ये सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । उक्त दिन ८ [&hellip;]</p>

काठमाडौं । बिहीबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न बैंक तथा वित्तीय संस्थाको कुल ६ करोड ३६ लाख ३ हजार १३१ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा एकैदिन ११ वटा वित्तीय संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर थपिएका हुन् ।

सो मध्ये सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । उक्त दिन ८ कम्पनीको ४ करोड ६५ लाख ६३ हजार २८० कित्ता सेयर सूचिकृत भएका छन् । त्यस्तै, बाँकी ३ कम्पनीको एक करोड ७० लाख ३९ हजार ८५१ कित्ता हकप्रद सेयर थपिएका छन् ।

सबैभन्दा बढी एभरेष्ट बैंकको एक करोड ९९ लाख कित्ता थपिएको छ । त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको एक करोड ८ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

सेयर सूचिकृत गर्ने ११ कम्पनी:

Share News