हिमालय एअरलाइन्सद्धारा ‘प्रयास नेपाल’लाई सहयोग

<p>काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । एअरलाइन्सले नववर्ष २०७५ तथा कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५/७६ का लागि माग गरे अनुसार एअरलाइन्सले त्यहाँ रहेका आश्रित बालबालिकाहरूलाई एक वर्षका लागि कापीतथा भान्छामा प्रयोग हुने सामाग्री प्रदान [&hellip;]</p>

काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । एअरलाइन्सले नववर्ष २०७५ तथा कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो ।

प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५/७६ का लागि माग गरे अनुसार एअरलाइन्सले त्यहाँ रहेका आश्रित बालबालिकाहरूलाई एक वर्षका लागि कापीतथा भान्छामा प्रयोग हुने सामाग्री प्रदान गरेको हो ।

कार्यक्रममा एअरलाइन्सको ब्राण्ड तथा सर्भिस इम्प्रुभ्मेन्ट विभागकी प्रमुख उज्ज्वला दलीले प्रयास नेपालको गरिब तथा विपन्न बालबालिकालाई उचित शिक्षा तथा पालन पोषण दिने कार्यलाई एअरलाइन्सले भविष्यमा पनि सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हिमालय एअरलाइन्स सामाजिक कार्यहरूमा भोलिका दिनमा पनि संलग्नका साथै आफूले कामगर्ने क्षेत्रको सामाजिक तथा आर्थिक विकासका लागि कटिबद्ध रहेको बताएकाे छ ।

प्रयास नेपाल सन् २००३ मा स्थापित गरिब, अनाथ, पीडित तथा अपाङ्ग बालबालिकाहरूलाई उचित पालन–पोषण, शिक्षातथा सीपमूलक तालिम प्रदान गर्दै जागरूक बनाउने कार्यमा अनवरत रूपमा लागेको संस्था हो । यस संस्थामा देशका विभिन्न स्थानबाट आएका बालबालिकाहरू आश्रित रहेका छन् ।

Share News