यसरी असफल हुदैँछ सिन्डिकेटधारीकाे आन्दोलन, बन्दको बेला २१० कम्पनीका ५५ हजार सवारी देशैभरी चल्ने

<p>काठमाडौं । सिन्डिकेट पक्षधर व्यवसायीहरुको आन्दोलन असफल हुने देखिएको छ । सरकार, नागरीक समाज, नेपाल उद्योग वाणिज्य महासंघ, २१० कम्पनीका यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघ बन्दको विरोधमा उभिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले सिण्डीकेट अन्त्य गर्ने सरकारको निर्णयको स्वागत गरिसकेको छ । महासंघले आन्दोलन रोक्न व्यवसायीलाई आग्रह गरेको छ । सरकारले आन्दोलनकारी व्यवसायीको [&hellip;]</p>

काठमाडौं । सिन्डिकेट पक्षधर व्यवसायीहरुको आन्दोलन असफल हुने देखिएको छ । सरकार, नागरीक समाज, नेपाल उद्योग वाणिज्य महासंघ, २१० कम्पनीका यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघ बन्दको विरोधमा उभिएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघले सिण्डीकेट अन्त्य गर्ने सरकारको निर्णयको स्वागत गरिसकेको छ । महासंघले आन्दोलन रोक्न व्यवसायीलाई आग्रह गरेको छ ।

सरकारले आन्दोलनकारी व्यवसायीको सवारी सधान नियन्त्रणमा लिएर सेना प्रहरी लगाएर गुडाउने तयारीमा छ । त्यति मात्रै नभएर आन्दोलनकारीहरुको बैंक खाता रोक्का गर्ने तयारीमा सरकार जुटिसकेको छ । उता, बैंकहरुले पनि ऋणको ब्याज नतिरे सवारी साधन लिलामी गर्ने संकेत दिईसकेका छन् ।

सवारी चालक तथा सह चालकहरुले समेत सिण्डीकेट पक्षधर व्यवसायीहरुको आन्दोलनमा साथ नदिने स्पष्ट पारिसकेका छन् । चालक तथा सह चालकहरुले सिण्डीकेटको पक्षमा लाग्न नसकिने बताउँदै सरकारको अभियान सफल पार्न सहयोग गर्ने स्पष्ट पारेका हुन् ।

सिण्डीकेट खारेजीको सरकारी अभियानमा सञ्चार माध्यमदेखि नागरिक समाज हुँदै उद्योग व्यवसायीले समेत राम्रो समर्थन गरिरहेका छन् । नागरिकहरुको सहयोग पनि सरकारलाई सिण्डीकेट खारेज गर्न थप बल पुग्ने देखिन्छ । सरकारले मन्त्रिपरिषद बैठकबाटै सिण्डीकेट खारेजीको निर्णय गरेकाले पनि यसलाई प्रतिष्ठाको बिषय बनाएको छ ।

बामपन्थी झुकाव राख्ने आन्दोलनकारी व्यवसायीलाई सरकारले आफ्नो सोही अस्त्र प्रयोग गरेर आन्दोलनको मोर्चाबाट अलग राख्ने प्रयास समेत अघि बढाईसकेको छ । त्यसो त करिब २ तिहाई बहुमत रहेको वर्तमान सरकार आगामी पाँच बर्षका लागि गठन भएको हो । स्थिर सरकारसँग सम्बन्ध बिगारेर आन्दोलनकारी व्यवसायीले पनि आफ्नो हित नहुने तथ्य बुझेकै हुनुपर्छ ।

सिण्डीकेटको विपक्षमा रहेको  नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बन्दको बेलामा सञ्चालन गर्ने सवारी सुरक्षाको माग गरेको छ । सुरक्षाको माग गर्दै आज व्यवसायीहरु भौतिक तथा यातायात मन्त्री रघुविर महासेठलाई भेट्ने तयारी गरेका छन् ।

“बन्दको बेला २१० कम्पनीको करिब ५५ हजार बस तथा माइक्रोबसबाट देशैभरी यातायात सेवा दिने महासंघका उपाध्यक्ष लेखनाथ सुवेदी बताए । हाम्रो सवारी साधनको सुरक्षा सरकारले गर्नुपर्छ, निर्वाध रुपमा हामी यातायात सञ्चालन गर्छौ सुवेदीले विकासन्युजसँग भने ।”

महासंघका अध्यक्ष विष्णु शिवाकोटीले सर्वोच्च अदालतको २०६७ माघ १९ गतेकाे फैसलाले नै सिन्डिकेटको अन्त्य भैसकेकोले हामीलाई सोहि अनुसार सरकारले सुरक्षा प्रदान गर्नुपर्ने बताए ।

नयाँ सञ्चालनमा आएका व्यवसायीहरुले पनि सवारी सञ्चालन गर्ने बताइसकेका छन् । साझाको ३९ र मयुर यतायातको २४ ठुला बस सहित बन्दको बेलामा पनि सेवा दिने बताइसकेका छन् ।

यसअघि सिण्डीकोटको पक्षमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघ नेपाल महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।

Share News