केपी ओलीले यसरी गर्दैछन् बाहिरी चक्रपथको शिलान्यास, कालोपत्रे गर्ने जिम्मा चीनलाई

<p>काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जेठको दोश्रो साता बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट शिलान्यास गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गा प्राप्ति गर्ने निर्णय गरेसँगै बाहिरी चक्रपथ आयोजना अघि बढ्ने सुनिश्चितता भएको हो । हाल शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका ओलीकै हातबाट बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट शिलान्यास गराउने तयारी अघि बढेको हो [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जेठको दोश्रो साता बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट शिलान्यास गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गा प्राप्ति गर्ने निर्णय गरेसँगै बाहिरी चक्रपथ आयोजना अघि बढ्ने सुनिश्चितता भएको हो । हाल शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका ओलीकै हातबाट बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट शिलान्यास गराउने तयारी अघि बढेको हो ।

‘एक हप्ता भित्र जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित हुन्छ, ३५ दिने सूचनाको म्याद सकिएको एक हप्ता भित्रै प्रधानमन्त्रीद्धारा शिलान्यास गराउँछौं’, बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुव प्रसाद सापकोटाले भने । बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट अन्तर्गत चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा कार्यारम्भ गर्न लागिएको हो । शिलान्यास भएको २ बर्षभित्र जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिर काम अघि बढाइएको छ । चोभार–सतुंगल खण्डको लागत ६ अर्ब ५० करोड अनुमान गरिएको छ ।

सो खण्डमा ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गरिनेछ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । २०७४ गत बैशाख १३ गते सो खण्डको डिपिआर स्विकृत भएको थियो । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ । सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिने पनि आयोजनाले अधिकृत सापकोटाले बताए ।

आयोजनाले ग्राभेलस्तरको सडक तयार पारेपछि चीनले कालोपत्रे गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ । ७१ किलोमिटर लम्बाईको बाहिरी चक्रपथले उपत्यकामा नयाँ सभ्यताको विकास गर्ने अपेक्षा गरिएको छ । उपत्काको तीन वटै जिल्लाको काँठ क्षेत्रलाई समेट्ने बाहिरी चक्रपथले सो क्षेत्रको जमिन मूल्यांकन अधिक मात्रामा बढाउनेछ ।

Share News