काठमाडौं टावरका निर्माता मनोज भेटवाल पक्राउ, के हुन्छ टावरको भविष्य ?

<p>काठमाडौं । पुरानो बसपार्कमा धमाधम निर्माण भैरहेको २९ तल्ले काठमाडौं भ्यु टावरका निर्माता मनोज कुमार भेटवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले भेटवाललाई सोमबार पक्राउ गरेको हो । एपेक्स बैंक घोटाला प्रकरणमा संलग्न रहेको तथ्य फेला परेपछि उनलाई सोमबार पक्राउ गरि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाईएको सिइआबीका प्रवक्ता जिवन श्रेष्ठले बताए [&hellip;]</p>

काठमाडौं । पुरानो बसपार्कमा धमाधम निर्माण भैरहेको २९ तल्ले काठमाडौं भ्यु टावरका निर्माता मनोज कुमार भेटवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले भेटवाललाई सोमबार पक्राउ गरेको हो । एपेक्स बैंक घोटाला प्रकरणमा संलग्न रहेको तथ्य फेला परेपछि उनलाई सोमबार पक्राउ गरि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाईएको सिइआबीका प्रवक्ता जिवन श्रेष्ठले बताए ।

भेटवालले झापाको दमक नगरपालिका वडा नम्बर १७ को कित्ता नम्बरर ४८५ को ०६७७२.६३ वर्ग मिटर जमिन धितो राखेर ऋण लिएका थिए । कमसल धितो राखेर अधिक ऋण लिएको तथ्य फेला परेपछि उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेसँगै काठमाडौं टावरको निर्माण भने अन्यौलमा पर्ने देखिएको छ । तर काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले भने व्यक्ति पक्राउ पर्दैमा निर्माण प्रक्रिया नरोकिने बताए । ‘लगानी कर्ताका रुपमा भेटवाल एक्लै थिए भने समस्या हुन सक्थ्यो तर जोइन्ट भेञ्चरमा तीन वटा कम्पनीले काम गरेका हुन्, व्यक्ति पक्राउ परेर खासै ठुलो समस्या नआउला’, महानगरपालिकाका सयहाक प्रवक्ता ढकालले भने ।

काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनःले टावरको शिलान्यास गरेका थिए । कम्पनीले टावर निर्माणका लागि भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बस पार्कलाई खुल्ला मञ्चमा सारेको थियो ।

 

Share News